|  

रवि लामिछानेले गरे ‘ग्यालेक्सी टिभी' सञ्चालनको घोषणा

११ फागुन, काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने समेत प्रमोटर रहने गरी ग्यालेक्सी टिभी घोषणा भएको छ । गोर्खा मिडिया नेटवर्कले मंगलवार राजधानीमा कार्यक्रम गरी नयाँ टेलिभिजन ल्याउन लागेको घोषणा गरेको हो ।

टिभी एचडी (HD) क्यालिटीको हुने कार्यक्रममा सञ्चारकर्मी लामिछानेले जानकारी दिए । टेलिभिजनको अध्यक्ष जीबी राई छन् । लामिछानेले केही समयअघि मात्र न्यूज २४ टेलिभिजन छाडेका थिए । उक्त टेलिभिजनमा लामिछानेले चलाएको सिधा कुरा जनतासँग कार्यक्रम निकै चर्चित बनेको थियो ।