|  

सहरमा पस्यो भक्तपुरको हनुमन्ते खोलाको बाढी

२२ असार, काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । उपत्यकाका बागमती, विष्णुमती नदीमा बाढी आएको छ ।

नदी छेउका बस्तीहरूलाई सतर्क रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्वासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ ।

यता भक्तपुरको हनुमन्ते खोला खोला बढेर घरमा पसेको छ । साथै खोला छेउका सडकहरू डुबानमा परेका छन् ।