२२ असार, काठमाडौं । ललितपुरमा बाढीले एउटा टिपर बगाएको छ । लगातारको वर्षापछि गोदावारी नगरपालिका-१२, ठेचोस्थित नख्खुखोलामा आएको बाढीले टिपर बगाएको हो ।
शनिबार बिहान करिब ५ः२० बजे बाढीले रा१ख २६२४ नम्बरको टिपर बगाएको थियो । टिपर बगाए पनि चालक सकुशल छन् । बाढीले बगाएर केही तल पुर्याएको टिपर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।