|  

कांग्रेस संसदीय दलले ग¥यो एमालेसँग भएको नयाँ सरकार गठनको सहमतिलाई स्वागत

२२ असार, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले असार १७ गतेमा भएको कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गरेको छ ।

आज संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको हो। राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण, विकास निर्माणलाई तिब्रता, राजनीतिक स्थिरता, संविधान संशोधन र अर्थतन्त्र बलियो पार्ने उद्देश्यका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको कांग्रेसको भनाइ छ ।
कांग्रेसले एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार बनाउने सहमति भइसकेकाले २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डबान भएका कारण जनजीवन कष्टकर भएको भन्दै कांग्रेसले नागरिकको जीवन सहज बनाउन सरकारलाई आग्रह गरेको छ ।