|  

सप्तकोसीमा बढ्यो पानीको बहाव, ४१ वटा ढोका खोलिए

२३ असार, काठमाडौं । निरन्तरको वर्षापछि सप्तकोसी नदीमा अत्यधिक बहाव भइरहेको छ ।

अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा ३ लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।