|  

प्रतिनिधि सभाको बैठक बस्दै

२२ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ ।

यसैबीच पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पेश गर्ने कार्यसूची पनि छ।