|  

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

२३ असार, काठमाडौं । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ ।

बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । बेलीब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाले जनाएको छ । सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका-७ र ८,  पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ ।