|  

कैलाली र कञ्चनपुर बाढीको उच्च जोखिममा

२३ असार, काठमाडौं । निरन्तरको वर्षाले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा डुबान हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन निर्देशन जारी गरिएको छ ।

कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयहरूले छुट्टा छुट्टै सूचना जारी गरेर नदी तटीय क्षेत्रका नागरिक तथा सम्बन्धित सबै सरोकारवालालाई सतर्कता अपनाउन निर्देशन जारी गरिएको हो ।