|  

बाढी, पहिरो र डुबानमा परी हिजोमात्र ८ जनाको मृ#त्यु

२३ असार, काठमाडौं । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा हिजोमात्र आठ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य ६ जना बेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन् । देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको छ ।

विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो ।दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी ६ जना बेपत्ता भएका छन् ।

अहिलेसम्म तनहुँ, गुल्मी ओखलढुङ्गामा गरेर सात जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।