|  

एसिया कप खेल्न महिला टोली आज श्रीलंका जाँदै

२३ असार, काठमाडौं । एसिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली टोली आइतबार श्रीलंका जाँदैछ ।

जुलाई १९ देखि २८ तारिखसम्म श्रीलंकाको डाम्बुलामा हुने प्रतियोगितामा आठ देश सहभागी हुनेछन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र युएइ रहेका छन् । यी ३ वटै टोली माथिल्लो स्तरका हुन् । ​युएईभन्दा पनि भारत र पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्नु पनि नेपालका लागि राम्रो अवसर र चुनौती दुबै हुनेछ ।

समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन्।एसिया कपको उदघाटनकै दिन नेपालले आफ्नो पहिलो खेलमा युएईविरुद्ध खेल्ने छ । नेपालको दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध हुने छ।