|  

नेप्सेमा लगातार पहिरो 

११ फागुन, काठमाडौं । आज साताको तेस्रो दिन आज (मंगलबार) शेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २१.१६ अंकले घटेर २५८६.५१ मा पुगेको छ । नेप्से ०.८१ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक २.४१ अंकले घटेर ४६७.९४ मा पुगेको छ ।

हिजो सोमबार नेप्से परिसूचक ३२.६७ अंकले घटेर २६०७.६७ अंकमा पुगेको थियो । नेप्से १.२४ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  ९.२२ अंकले घटेर ४७०.९६ अंकमा पुगेको थियो ।

कूल २०५ वटा कम्पनीको एक करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपैयाँको कारोबार भएको छ । 

स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये व्यापार बाहेक सबै उपसमूहको शेयर राताम्मै देखिएको छ । आज धेरै कमाउनेमा नेपाल फाइनान्स लिमिटेड रहेको छ । कम्पनी २९ अंकले फाईदामा गएको छ । त्यस्तै, आज धेरै, घाटा व्यहोर्नेमानेपा इन्फ्रा स्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । कम्पनीले ६६ अंकको घाटा व्यहोरेका छ ।