|  

कोपा अमेरिकाः ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा

२३ असार, काठमाडौं । पेनाल्टी सुटआउटमा ब्राजिललाई पाखा लगाउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुबै टोलीले कुनै पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्दै उरुग्वेले ब्राजिललाई हराएको हो ।