|  

पहिरोले प्रहरी चौकी पुरियो

२३ असार, काठमाडौं । पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ ।

सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो।मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले उक्त चौकी निर्माण गरेको हो ।

भवन भत्किएपछि त्यहाँ रहेका सुरक्षाकर्मीलाई अन्यत्र सार्ने तयारी भइरहेको छ ।  प्रहरी चौकीमा पाँच सुरक्षाकर्मी बस्दै आएका थिए।पहिराले पञ्चकोटमा निर्मित मन्दिरसहित अन्य संरचनामा समेत क्षति पुर्‍याएको छ।