|  

नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै

२३ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयनलगायत विषयमा निर्णय गरिने बताइएको छ ।

भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको क्षमताका आधारमा आवश्यक पदमा मनोनित गरिने विषयमा समेत आजको बैठकमा छलफल गरिने बताइएको छ।