|  

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलामा ? 

२३ असार, काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।  आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।