|  

राप्ती नदीमा बेपत्ता दुईजनाको शव भेटियो

२३ असार, काठमाडौं । दाङमा राप्ती नदीको बाढीले बगाएर दुई जना किसानको मृत्यु भएको छ ।

शनिबार बाढीले बगाएर बेपत्ता भएका दुई किसानको शव आइतबार फेला परेको हो । लमही नगरपालिका-८ निवासी ५५ वर्षीय मनिराम चौधरीको शव पाँच समय मिटर पश्चिम मकै बारीको छेउमा फेला परेको हो । शनिबार दिउँसो चौधरी बग्रपुरबाट राप्ती नदीको बाढीमा बेपत्ता भएका थिए ।

आइतबार बिहान शव फेला परेको र पोस्टमार्टमको लागि लमही अस्पतालमा राखिएको प्रहरी कार्यालयले जनाएको छ ।यसअघि राजपुर गाउँपालिका-२ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट उनी बगेर बेपत्ता भएका थिए । बेपत्ता यादवको शव आइतबार बिहान फेला परेको हो । यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिमतर्फ बगरमा फेला परेको हो ।