|  

नारायणी नदीमा १६ वर्षयताकै  ठूलो बाढी 

२३ असार, काठमाडौं । नारायणी नदीमा १६ वर्षयताको सबैभन्दा ठूलो बाढी आएको छ ।

जलमापन केन्द्रका अनुसार अहिले बिहान साढे १० बजे नारायणीमा पानीको बहाव ४ लाख ४३ हजार क्यूसेक  (लिटर प्रतिसेकेन्ड) रहेको छ । यो बाढी २०६५ साल यताको सबैभन्दा ठूलो हो ।

नारायणगढस्थित नारायणी पुलमुनि अहिले पानीको सतह ११ दशमलव ३६ मिटर माथिसम्म आइपुगेको छ । यो तह चेतावनी तहभन्दा माथि हो । गैंडाकोटस्थित अक्सफोर्ड कलेज आसपासको बस्ती डुबनामा परेको प्रहरीले जनाएको छ ।