|  

'संसद पुन: स्थापना भएपनि प्रधानमन्त्री ओली नै हो'

११ फागुन, काठमाडौं । नेकपा ओली पक्षका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुन स् स्थापना भए पनि प्रधानमन्त्री पुनस् अहिलेका प्रधानमन्त्री केपी ओली नै हुने बताएका छन् ।  मंगलबार ओली निकट युवा संघ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभा पुनःस्थापना नै भएपनि फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने बताए ।

नेकपा ओली पक्षका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले १०० मा ९९.९ प्रतिशत प्रतिनिधि सभा पुनःस्थापना नहुने दावी गरेका छन् । मन्त्री रायमाझीले प्वाइन्ट एक प्रतिशतले प्रतिनिधि सभा पुनःस्थापना भएपनि आकाश नखस्ने बताए । 

उनले कार्यक्रमलार्ई संबोधन गर्दै भने, ‘९९.९ प्रतिशत पुनःस्थापना हुँदैन । यदि प्वाइन्ट १ प्रतिशतले पुनःस्थापना नै भएपनि के आकाश खस्छ रु पृथ्वी भासिन्छ ?’, रायमाझीको प्रश्न छ ।  

उनले प्रतिनिधि सभा पुनःस्थापना भएपनि माधव–प्रचण्डमात्रै नभइ सांसद टोपबहादुर र महेश बस्नेत पनि सांसद हुने बताए ।