|  

नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो

२३ असार, काठमाडौं ।  नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका-३ स्थित झोलुङ्गे पुल बगाएको छ ।

न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । गएराति आएको बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो ।

नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।शनिबारदेखि परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।