|  

सप्तरीको बलान नदीमा फसेका ६ जनाको उद्धार

२३ असार, काठमाडौं । सप्तरीको बलान नदीको बाढीमा फसेका ५ किसानको उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरूको उद्धार गरेको हो ।

बलानबिहुल गाउँपालिका-४ बेल्हीस्थित खेतमा धान रोप्न गएका किसान बाढीमा फसेका थिए ।