|  

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको आग्रह

२३ असार, काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

आज बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै एमालेले एमालेले अल्पमतमा परेको सरकारले निर्णयहरू गरिरहेको भन्दै त्यस्ता निर्णयहरू रोक्न माग गरेको छ ।