|  

मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ

२३ असार, काठमाडौं । हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन् ।

मनोजको घरमा चाबी लगाउन पुगेकी उनलाई जिल्ला प्रहरी परिसद भक्तपुरको टोलीले पक्राउ गरेको हो । मनोज घरमा नभएको समय युवाहरूको ग्रुप लिएर ८५ वर्षकी गजुरेलकी आमालाई धम्काई, लछारपछार पारि चाबी लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएपछि उनी पक्राउ परेकी हुन् ।

२०७४ सालमै मनोजसँग सहमतिमै सम्बन्ध विच्छेद गरेकी  मिनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी थिइन् । तर मिनाले यो पल्ट भने घरमै चाबी लगाउन पुगेकी हुन् ।