|  

चट्याङ लागेर १९ जनाको मृ#त्यु, ७ जना घाइते

२३ असार, काठमाडौं ।  भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

खेतमा काम गर्ने र रूखमुनि आश्रय लिएका उनीहरुको चट्याङ लागेर मृत्यु भको स्रोतले जनाएको छ । शुक्रबारपछि पछिल्लो २४ घण्टामा बिहार राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित ठूलो पानी परेको थियो ।