|  

पहिरोले २७ मुख्य राजमार्ग पूर्णरुपमा अवरुद्ध

२३ असार, काठमाडौं । लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण देशका २७ वटा मुख्य राजमार्गहरू पूर्णरुपमा अवरुद्ध भएको छ ।

जसमा प्युठानको स्याउली वगदुम्वा, भालुवाङ दाङ प्युठान सडक, गुल्मीको रिडी वाग्लुङ,कालीगण्डकी कोरिडोर,मदन भण्डारी राजमार्ग,रिडी बाग्लुङ,गोरुसिङ्गे सन्धीखर्क सडक,पाल्पा अर्घाखाँची सडक,शहीद राजमार्ग र घोराही तुलसीपुर सडक पूर्णरुपमा अवरुद्ध भएका हुन् ।

त्यस्तै कालिकोटमा पहिरो गएकाले कर्णाली राजमार्ग,पहिरोकै कारण साँफे मार्तडी सडक, जय पृथ्वी सडक खण्ड, बझाङखोड्पे तैतडी सडक र भीमदत्त राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।त्यसैगरी कान्तिलोकपथ, दक्षिणकाली कोशी राजमार्ग, भोटेखोला कोशी राजमार्ग,स्याफ्रुवेशी थाम्बुचेत सडक खण्ड पहिरोका कारण अवरुद्ध भएका छन् ।

उता बाढीका कारण मनाङमा चामे बेँशीशहर खण्ड अवरुद्ध हुँदा पहिरोका कारण वेनी दरवाङ सडक, बेनिजोमशोम, स्याङ्जामा सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण नवलपरासीमा कालीगण्डकी कोरिडोर, वाग्लुङमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध हुन पुगेका छन् ।  कतिपय अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।