|  

प्रतिनिधि सभामा कांग्रेससँगै प्रतिपक्षी बेञ्चमा बस्यो एमाले

२३ असार, काठमाडौं ।  प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले प्रतिपक्षी बेन्चमा बसेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएरपछि एमाले प्रतिपक्षी बेञ्न्चमा बसेको हो । हाल प्रतिनिधिसभामा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेञ्चमा छ ।

एमाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँगै बस्न पुगेको छ । आइतबारको बैठकमा प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले दुवै प्रतिपक्षी बेञ्चमा देखिएका हुन् ।