|  

रास्वपालाई योगेशको प्रश्नः प्रचण्डले प्वाल पारेको डुंगामा बसेर कता जाँदै हुनुहुन्छ ?

२३ असार, काठमाडौं ।  नेकपा एमालेका सांसद योगेश भट्टराईले रास्वपालाई अहिलेको सरकारलाई कहिलेसम्म समर्थन कायम राख्ने भनेर प्रश्न गरेको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेको रास्वपालाई कहिलेसम्म समर्थन कायम राख्ने भनेर प्रश्न गरेको हुन् ।भट्टराईले प्रचण्डले प्वाल पारेको डुंगामा बसेर कताको यात्रा गर्न लागेको भन्दै प्रश्न गरेका हुन् ।

‘रास्वपालाई भन्न चाहन्छु, सरकारलाई समर्थन गर्ने, सरकारमा बस्ने पार्टीको निर्णय हो । तर प्रचण्डले प्वाल पारेको डुंगामा बसिरहनु भएको छ, कता जाँदै हुनुहुन्छ ?,’ भट्टराईले प्रश्न गरे ।