|  

गायिका जेरी अस्पताल भर्ना

२३ असार, काठमाडौं । लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ अस्पताल भर्ना भएकी छन् ।

उनी चार दिनअघि चिरायु हस्पिटल भर्ना भएकी हुन् । ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल जाँदा एकसाथ धेरै स्वास्थ्य समस्या देखिएपछि भर्ना हुनुपरेको स्रोतले जनाएको छ ।

उनलाई टन्सिल, छाती र ब्लडमा इन्फेक्सन, सुगर लगायतका समस्या देखिएको छ ।