|  

सरकार गठनका विषयमा सदनमा जात्रा देखियो : ज्ञानेन्द्र शाही

२३ असार, काठमाडौं ।  राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनका विषयमा सदनमा जात्रा देखिएको बताएका छन्  ।

आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस–एमालेबीचको सहमतिका बारेमा सदनमा जात्रा देखिएको बताएका हुन्  । सरकारमा हुँदा केही नगर्ने, नयाँ समीकरण बन्ने बित्तिकै ठूलै काम गर्ने कुरा तथा एक आपसमा गालीलगौजको शृङ्खला सदनमा देखिएको उनले बताए  ।

शाहीले अहिलेको संविधानका कारण मुलुकमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको भन्दै यसलाई संशोधन गर्नुपर्ने बताए । 

शाहीले जिवि राईलाई पक्राउ गरेर नेपाल ल्याए गृहमन्त्री रवि लामिछानेलाई फुलमाला लगाइदिने बताए ।
त्यस्तै फाइल खोल्ने डरले सरकार परिवर्तन गर्न लागेको गृहमन्त्रीको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै उनले बाँकी रहेको सात दिनभित्र फाइल खोल्न र दोषीलाई पक्राउ गर्न चुनौती दिए  ।