|  

प्रधानमन्त्रीको निर्देशनः ‘जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ’

२३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’ बाट बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिएका छन् ।

भारी वर्षासँगै बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख ब्यक्त गर्दै प्रधानमन्त्रीले उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्न निर्देशन दिएका छन् । उनले विपद्‍बाट प्रभावित जनताको जीउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन पनि दिएका छन् ।

सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सबै राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिलसमेत गरेका छन् ।