|  

काँग्रेस र एमालेलाई प्रचण्डको प्रश्नः दुई दल किन मिल्नुभयो ?

२३ असार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेकपा एमाले र नेपाली काँग्रेस मिल्दा दबाब भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सामना गर्ने बताएका छन्।

आज संसदबाहिर सञ्चारकर्मीसँग अर्थमन्त्री पुनले कसैले दबाब दिँदैमा प्रधानमन्त्रीले राजीनामा नदिने समेत प्रष्ट्याए । उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न चाहेको पनि खुलासा गरे । उनले एमाले(कांग्रेसले संविधान संशोधन गरी मुलुकलाई प्रश्चगमनतिर लैजाने योजना बनाएको आरोप पनि लगाए । उनले अग्रमनतिर जाने भएमा माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने गरी संविधान संशोधन गर्ने भए समर्थन गर्न सकिने मन्त्री पुनको भनाइ छ ।

कांग्रेस र एमाले संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खोजेको भन्दै त्यो आफूहरुलाई स्वीकार्य नहुने पुनले बताए । सुशासनको पक्षमा काम गरेको र ठूला फाइल खोल्न सुरु गर्दा एमाले–कांग्रेस आत्तिएर नयाँ गठबन्धन बनाएको आरोप पनि उनले लगाए ।