|  

प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला 

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएको छ । फैसला सुनाउँदै सर्वोच्चले प्रतिनिधि सभा विघटनलाई बदर गरिदिएको छ । सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरेसँगै संसद पुनःस्थापना भएको छ ।

फैसलाकै क्रममा सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन समेत आदेश दिएको छ। गएको पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिकहाँ प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो। दुई महिनाको बहसपछि मंगलबार फैसला सुनाइएको हो। सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा ‘ब्युँतिएको’ छ ।