|  

कञ्चनपुरमा घर डुबान हुँदा ७ महिने शिशुको मृ#त्यु

२४ असार, काठमाडौं ।  कञ्चनपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्य भएको छ ।

कृष्णपुर नगरपालिका-१ पोतिपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्यु भएको हो । सुतिरहेको अवस्था घरभित्र बाढी पस्दा सात महिने शिशु सोलु धानुकको मृत्यु भएको हो।

यसैबीच अविरल वर्षाले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित अधिकांस बस्ती डुबानमा परेका छन् । महाकाली लगायतका नदीमा पानीको बहाव बढेको छ।