|  

किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण 

२४ असार, काठमाडौं ।  भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यसअघि फैलिएको लम्कीस्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । पशुपन्छी तथा कृषि विकासका लागि ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने छ ।

किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने बताइएको छ ।  किसानलाई गोरु वितरणको लागि तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको छ ।