|  

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

२४ असार, काठमाडौं । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर-९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहेका छन् । आज बिहान तुलसीपुर उपमहानगरपालिका-९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरूलाई बाघले आक्रमण गरेको थियो ।

केसीको दुवै हातमा सामान्य चोट लागेको छ। त्यस्तै, सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ। घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ।