|  

राप्ती नगरपालिकाका मेयरमाथि ढुंगा प्रहार

२४ असार, काठमाडौं ।  चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामामाथि आक्रमण भएको छ ।

गाडी चलाएर गन्तव्यमा गइरहेका मेयर लामामाथि आइतबार राति आक्रमण भएको हो । राति अन्दाजी सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ति माविको पछाडि पुग्दा मेयरको गाडीमाथि ढुंगा प्रहार भएको थियो ।

ढुंगा प्रहारबाट कुनै ठूलो क्षति भएको छैन । आक्रमणकारीको पहिचान हुन सकेको छैन । लामा नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित मेयर हुन् ।