|  

नेपालले श्रीलंकासँग तीन अभ्यास खेल खेल्ने

२४ असार, काठमाडौं । एसीसी महिला टी-२० क्रिकेटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय टोलीले श्रीलंकासँग अभ्यास खेल खेल्ने भएको छ ।

नेपाली महिला टोली र श्रीलंका डेभलपमेन्ट टिमबीच भोलि अभ्यास खेल सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । यी दुई टोलीबीच सरी भ्यालीमा तीन वटा अभ्यास खेल हुनेछन् ।

नेपालले भोलि, पर्सि र १६ जनुलाईमा श्रीलंका डेभलपमेन्ट टिमसँग टी-२० अभ्यास खेल्नेछ। आगामी एसिया कपको तयारीमा रहेको नेपाली महिला टोली हिजो साँझ कोलम्बो पुगेको थियो।