|  

चितवनमा बस दुर्घटना हुँदा १० जना घाइते

२४ असार, काठमाडौं ।  काकडभिट्टाबाट बाग्लुङतर्फ गइरहेको एउटा यात्रु बस चितवनमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

प्र१–०१–००१ ख ४३८० नम्बरको यात्रु बस चितवनको खैरहनीमा दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडकको कल्भर्टमा बिहान ३ बजे उक्त बस ठोक्किएको हो । बस दुर्घटनापछि उद्धार गरेर ५ जनालाई स्थानीय चौधरी मेडिकलमा उपचार गरिएको थियो ।

उनीहरू गन्तव्यतर्फ लागेका छन् ।
अन्य ५ जनाको बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  दुर्घटनापछि बस क्षति ग्रस्त भएको छ ।