|  

पहिरोले कान्ति लोकपथ अवरुद्ध

२४ असार, काठमाडौं । ललितपुरको बागमती गाउँपालिका-३ स्थित कान्ति लोकपथको कार्कीबास भन्ने ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

सोमबार बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । पहिरो खस्दा मानवीय क्षति भने भएको छैन । बाटो खुलाउन डोजर पठाइएको छ ।