|  

विश्वासको मत अगावै खुमलटार सार्न थालियो प्रधानमन्त्रीको निजी सामान 

२४ असार, काठमाडौं । अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी निवास खुमलटार सर्ने गरी तयारी थालेका छन् ।

विश्वासको मत पाउने सम्भावना क्षीण भएपछि प्रचण्डले ललितपुरको खुमलटारस्थित निवासमा सर्ने तयारी गरेका हुन् ।खुमलटारमा रहेको निवासमा आवश्यक सरसफाई गरेर बालुवाटारबाट सामान सार्न थालिएको छ । स्रोतका अनुसार आइतबार केही सामान खुमलटार सारिएको हो ।

प्रधानमन्त्री बन्नुअघि प्रचण्ड व्यापारी सारदाप्रसाद अधिकारीको खुमलटारस्थित निवासमा बस्दै आएका थिए । प्रधामनन्त्रीले उपहारस्वरूप पाएका मूर्ति, सजावटका बस्तु, तस्वीरलगायत सामान खुमलटार सार्न थालिएको हो । केही बाकस कागजपत्र, निजी खर्चमा किनिएका कपडालगायत सामान सार्न थालिएको स्रोत बताएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारबाटै कतिपय सरकारी काम गर्नुपर्ने भएकोले विभिन्न मन्त्रालयका फाइल निवासमा राख्ने गरिएको हुन्छ ।