|  

बागमती सरकारबाट बाहिरियो एमाले

२४ असार, काठमाडौं ।  नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

सोमबार बिहान माओवादी केन्द्र नेतृत्वको सरकार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मन्त्रीहरूले राजीनामा बुझाएएका हुन् ।

एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले सोमबार राजीनामा दिएका हुन् ।

मन्त्रीहरूले राजीनामा दिएसँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।