|  

कार्यक्रम उद्घाटनको पैसा लिन्छु भनेपछि भारतीय मन्त्री गोपी विवाद

२४ असार, काठमाडौं । अभिनेता समेत रहेका भारतीय केन्द्रीय मन्त्री गोपी सुरेशले उद्घाटनका लागि पैसा मागेका छन् ।

अभिनेता सुरेश गोपी भाजपाको टिकटमा चुनाव जितेर लोकसभामा पुगेका हुन् । सो सिटमा उनको जीत भाजपाको लागि ऐतिहासिक सफलता थियो । भाजपाले उनलाई पर्यटन तथा पेट्रोलियम र प्राकृतिक ग्यास राज्यमन्त्री बनाएको छ । सुरेश गोपीले यसअघि नै राजनीतिका लागि अभिनय नछाड्ने स्पष्ट पारिसकेका छन् । सांसद पद जित्ने बित्तिकै उनले फिल्ममा अभिनय जारी राख्ने घोषणा गरेका थिए । आफूले कमाएको रकमको केही हिस्सा जनता र समाजको हितमा खर्च गर्ने पनि उनले बताए । जसका कारण मानिसहरुले उनको धेरै प्रशंसा गरेका थिए । तर उनको पछिल्लो बयानपछि उनी विवादमा आएका छन् ।

एउटा कार्यक्रममा सुरेश गोपीले चलचित्र क्षेत्रका अन्य कलाकारहरूले जस्तै आफू पनि कार्यक्रममा जाने र उद्घाटन कार्यक्रमका लागि पनि पैसा लिने बताएका छन् । तर सुरेश गोपीले यसबाट आउने पैसा सबै आफ्नो ट्रस्टमा जाने र कल्याण कार्यमा जनताको भलाईका लागि खर्च हुने बताएका छन् । सामान्यतया सांसद वा मन्त्रीले कार्यक्रमको उद्घाटन गर्दा पैसा माग्दैनन् । तर सुरेश गोपी चर्चित अभिनेता पनि हुन् । उद्घाटनको पैसा लिन्छु भन्ने अभिव्यक्ति पछि सुरेश गोपी विवादमा मुछिएका छन् ।