|  

महाकाली नदीले खतराको तह पार गरेपछि शारदा ब्यारेजका २४ वटै ढोका खोलिए

२४ असार, काठमाडौं । महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् ।

अविरल वर्षापछि नदीमा पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलिदिएको हो । महाकालीमा पानीको बहाव दुई लाख ४० हजार क्युसेक नाघेपछि शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलिएका हुन् ।

शनिबार आधार भन्दा बढी ढोका खोलिएकोमा आइतबार बहाव बढेपछि सबै ढोका खोलिएका हुन् । महाकाली नदीका नेपाल तर्फका सबै ढोका खोलिएपछि राति तटीय क्षेत्रमा बाढी बस्तीतिर पसेको थियो तर अहिले बहाव घट्दो क्रममा रहेकाले जोखिम कम भएको प्रहरीले जनाएको छ ।