|  

कैलाली र कञ्चनपुरमा नदीमा डुबेर २ जना बेपत्ता 

२४ असार, काठमाडौं । कैलाली र कञ्चनपुरमा नदीमा डुबेर २ जना बेपत्ता भएका छन् ।

कैलालीको कैलारी गाउँपालिका-९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर १८ वर्षीय अजय राना वेपत्ता भएका छन् । उनी नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । यस्तै आइतवार नै कञ्चनपुरको बेलडाँडी गाउँपालिका-३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन् । नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरु दुबैको प्रहरी टोलीले खोजी गरिरहेको छ ।

अविरल वर्षासँगै ती दुई जिल्लाका विभिन्न नदी र खोलाको जल सतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना पनि गरेको छ ।