|  

काभ्रेको रोशीमा खोला तर्ने क्रममा खोलाले बगाएर एक जनाको मृ#त्यु

२४ असार, काठमाडौं । काभ्रेमा खोला तर्ने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रोशी गाउँपालिका-१ स्थित सानो भुग्देउमा खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।मृत्यु हुनेमा रोशी गाउँपालिका-१ सानो भुग्देउका अन्दाजी ४० / ४५ वर्षीय कमल बिक रहेका छन् ।

आइतबार साँझ ७ बजेको समयमा कमल बिक, उनकी श्रीमती र छोरीसहित तीन जना घर फकर्ने क्रममा भुग्देउ खोलाले कमल बिकलाई खोलाले बगाएको थियो ।

खोज्दै जाने क्रममा सोमबार बिहान साढे ८ बजे भुक्देउ खोलाबाट १–२ किमि तल खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।