|  

बाढीपहिरोबाट हालसम्म ७० को मृ#त्यु, पाँच बेपत्ता

२४ असार, काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मामापरी हालसम्म ७० जनाको मृत्यु भएका छ।

जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको हुन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।उक्त अवधिमा बाढीपहिरोको नौ सय ६६ घटना घटेका छन् ।

त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायाको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।