|  

सहकारी छानबिन समितिद्धारा गभर्नरसँग छलफल

२४ असार, काठमाडौं । सहकारी संस्थाका बचत दुरूपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ ।

सोमबार समितिले गभर्नर अधिकारीसहित बैंकका अधिकारीहरूसँग सहकारी समस्याबारे छलफल गरेका हुन् । समितिले सहकारीको समस्या र समाधान खोज्न विभिन्न पदाधिकारी, व्यक्तित्वसँग छलफल र सोधपुछ गर्ने काम गरिरहेको छ।

यसअघि गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, एआइजी श्याम ज्ञवाली लगायतसँग पनि छलफल गरेको थियो।