|  

एक अर्कालाई विश्वास गर्न काँग्रेस-एमाले नेतालाई मनिष झाको सुझाव

२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिएका छन् ।

आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले यस्तो सुझाव दिएका हुन् । उनले विश्वासको मत लिन ४ दिन बाँकी रहेको बताउँदै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि आग्रह गरे ।

साथै उनले प्रधानमन्त्रीको राजीनामा माग गरेर कांग्रेस-एमालेले संसदीय प्रणाली र संविधानमाथि नै अविश्वास गरेको टिप्पणी गरे । प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ गते नै विश्वासको मत लिन चाहेको भएपनि कांग्रेस-एमाले डराएको उनको भनाइ छ ।

सोही क्रममा सांसद झाले व्यापारीको घरमा गएर देशको भविष्यको खाका कोर्नेहरूका पार्टीका सांसदले आफूहरूलाई नैतिकताको प्रश्न सोध्न नसुहाउने पनि बताए ।