|  

उच्च ओहोदाका मान्छेहरूकै हुण्डी कारोबारको सञ्जाल छः प्रभु साह

२४ असार, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हुण्डी कारोबारमा सरकार आफै  संलग्न रहेको आरोप लगाएका छन्।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल नै बनाएको आरोप लगाएका हुन् । उनले कालोधनलाई सेतो बनाउन सरकार नै हुण्डी कारोकारमा संलग्न रहेकाले मुलुकलाई आर्थिक रूपमा झनै बर्बाद बनाउने बताए।

उनले हुण्डी कारोबारकै कारण राजश्व छली हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए। उनले बैंकहरू समेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए।