|  

नयाँ सरकार गठनमा संवैधानिक बाध्यता नरहेको सचेतक बर्तौलाको टिप्पणी 

२४ असार, काठमाडौं ।  नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनमा संवैधानिक बाध्यता नरहेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको बताउदै यसअघिका विभिन्न नजिर, सर्वोच्च अदालतले गरेको व्याख्या अनुसार नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार बन्नेमा कुनै पनि शंका नरहेको जिकिर गरेका छन् ।

उनले भने- ‘नयाँ सरकार कसरी बन्छ भन्नेबारेमा माननीय ज्यूहरुले आ आफ्ना दलिल पेश गर्नुभयो । म सुन्दैछु, बालुवाटारमा केही कानून व्यवसायीहरुले प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिनु भएको छ । तर, सत्य के हो भने विभिन्न नजिरहरुले नयाँ सरकार संविधानको धारा ७६ को २ अनुसार बन्नेमा कुनैपनि अड्चन देखाएको छैन् ।'