|  

सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो : प्रेम सुवाल

२४ असार, काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका हुुन् । 

उनले भने, ‘अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भयो ।

सांसद सुवालले नयाँ सत्तासमीकरण व्यापारीको घरमा बसेर भएकोमा आपत्ति समेत जनाए । उनले मध्य रातमा एमाले–कांग्रेसबीच सत्ता समीकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोप समेत लगाए ।

‘नयाँ सत्ता समीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो रु सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला,’ उनले भने ।

सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढे मात्रै स्वभाविक हुने बताए । सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे ।